Market Closed

सिनो हाइड्रो सगरमाथाले २२% नगद लाभांस वितरण गर्यो

25 Oct,2020
  • dividend_s_10_18_2020_8_48_56.jpg
नेपाली पैसा

काठमाडौं : सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले लगानीकर्तालाई २२% नगद लाभांस वितरण गरेको छ । जसअनुसार कम्पनीले १६ करोड रुपैयाँ नगद वितरण गरेको हो । नेपाली र चिनियाँ लगानीकर्ताले संयुक्त रुपमा स्थापना गरेको सिनो हाइड्रो सगरमाथा पावर कम्पनीको नाफा गत आर्थिक वर्षमा ४४% बढेको छ । गत आर्थिक वर्षमा कम्पनीले ७२ करोड ४७ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा सिनोहाइड्रो सगरमाथाले ५० करोड ३५ लाख रुपैयाँ खुदनाफा गरेको थियो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा अघिल्लो वर्षको तुलनामा गत वर्ष नाफा २२ करोड रुपैयाँ बढेको छ । 

चीनको पावर चाइना कर्पोरेशन अन्र्तगतको सिनो हाइड्रो कर्पोरेशन लिमिटेड र नेपालको सगरमाथा पावर कम्पनीको लगानी रहेको छ । आयोजनाले २०७३/०७४ बाट बिजुली उत्पादन सुरु गरेको हो । कम्पनीले ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङदी ए जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गरिरहेको छ । कम्पनीले बिजुली बिक्रीबाट ३ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३ अर्ब रुपैयाँ आम्दानी गरेको थियो ।
 

Post Your Comment