नेपाली पैसा
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३१ सय १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या कुल १ लाख ७९ हजार ६१४ जना पुगेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।

यता, पछिल्लो २४ घण्टामा ३१ सय ४२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या १ लाख ४१ हजार १३४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २० जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म १ हजार ४ जना पुगेको छ ।