Market Closed

३३ सय ९ जनामा कोरोना पुष्टि, ३८ सय ४४ संक्रमणमुक्त

04 Nov,2020
  • 2_10_16_2020_4_42_35_11_4_2020_4_40_35.jpg
नेपाली पैसा 

काठमाडौं  : नेपालमा पछिल्लो २४ घण्टामा थप ३३ सय ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ८२ हजार ९२३ जना पुगेको छ । बुधबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । 



यता, पछिल्लो २४ घण्टामा ३८ सय ४४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ३० जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म १ हजार ३४ जना पुगेको छ ।

Post Your Comment