Market Closed

कोरोनाबाट निधन हुनेको संख्या ११ सय नाघ्यो, थप २८ सय १७ जनामा संक्रमण

08 Nov,2020
  • corona_ruusia_10_13_2020_12_06_06_11_8_2020_4_34_21.jpg
नेपाली पैसा 

काठमाडौं  :  नेपालमा पछिल्लो २४ घण्टामा थप २८ सय १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल १ लाख ९४ हजार ४५३ जना पुगेको छ । आइतबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । 


यता, पछिल्लो २४ घण्टामा २८ सय १२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या १ लाख ५७ हजार ९२६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २१ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म ११ सय ८ जना पुगेको छ ।

Post Your Comment