Market Closed

कोरोना संक्रमणको यस्तो छ पछिल्लो अपडेट

09 Nov,2020
  • corona_china_11_9_2020_12_09_22.jpg
नेपाली पैसा

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड ७ लाख ३८ हजार पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि १२ लाख ६२ हजार १३२ पुगेको छ । हालसम्म ३ करोड ५७ लाख ९५ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड २ लाख ८८ हजार पुगेको छ । यहाँ हालसम्म २ लाख ४३ हजार ७६८ हजार जनाको मृत्यु भएको छ । 
 
भारतमा हालसम्म ८५ लाख ५३ हजार ८६४ संक्रमित हुँदा १ लाख २६ हजार ६५३ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ५६ लाख ६४ हजार ११५ जना संक्रमित हुँदा १ लाख ६२ हजार ३९७ जनाको मृत्यु भएको छ । फ्रान्समा १७ लाख ८७ हजार ३२४ संक्रमित हुँदा ४० हजार ४३९ जनाको मृत्यु भएको छ ।

रुसमा १७ लाख ७४ हजार ३३४ संक्रमित हुँदा ३० हजार ५३७ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या १३ लाख ८८ हजार ४११ पुगेको छ भने ३८ हजार ८३३ जनाको मृत्यु भएको छ । अर्जेन्टिनामा १२ लाख ४२ हजार १८२ संक्रमित हुँदा ३३ हजार ५६० जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ११ लाख ९२ हजार १३ जना संक्रमित रहेका छन् ४९ हजार ४४ जनाको मृत्यु भएको छ ।  
 
यता, कोलम्बियामा ११ लाख ४३ हजार ८८७ संक्रमित हुँदा ३२ हजार ७९१ जनाको मृत्य भएको छ । मेक्सिकोमा ९ लाख ६७ हजार ८२५ जना संक्रमित हुँदा ९५ हजार २७ को मृत्यु भएको छ । इटलीमा ९ लाख ३५ हजार १०४ जना संक्रमित हुँदा ४१ हजार ४३९ जनाको मृत्यु भएको छ ।  पेरुमा ९ लाख २२ हजार ३३३ जना संक्रमित हुँदा ३४ हजार ८७९ जनाको मृत्यु भएको छ । 
 
साउथ अफ्रिकामा ७ लाख ३७ हजार २७८ जना संक्रमित हुँदा १९ हजार ८०९ जनाको मृत्यु भएको छ । इरानमा ६ लाख ८२ हजार ४८६ जना संक्रमित हँदा ३८ हजार २९१ जनाको मृत्यु भएको छ । जर्मनीमा ६ लाख ७२ हजार ५०७ जना संक्रमित हुँदा ११ हजार ५०५ जनाको मृत्यु भएको छ । चिलीमा ५ लाख २१ हजार ५५८ जना संक्रमित हुँदा १४ हजार ५४३ को मृत्यु भएको छ ।

बंगलादेशमा हालसम्म ४ लाख २० हजार २३८ जना संक्रमित हुँदा ६ हजार ६७ को मृत्यु भएको छ । पाकिस्तानमा ३ लाख ४४ हजार ८३९ संक्रमित हुँदा ६ हजार ९७७ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १ लाख ९४ हजार ४५३ जना संक्रमति फेला पर्दा १ लाख ५७ हजार ९२६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

१ हजार १०८ जनाको भने मृत्यु भएको छ । जापानमा १ लाख ७ हजार ८६ जना संक्रमित हुँदा १ हजार ८१२ जनाको ज्यान गएको छ । यता, कोरोना संक्रमणको सुरुवात भएको चीनमा पछिल्लो २४ घण्टामा ३३ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८६ हजार २४५ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । 
 
 

Post Your Comment