नेपाली पैसा
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड ७२ लाख ३६ हजार पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि १३ लाख ६५ हजार ६३४ पुगेको छ । हालसम्म ३ करोड ९७ लाख २२ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड २० लाख ७० हजार पुगेको छ । यहाँ हालसम्म २ लाख ५८ हजार ३३३ हजार जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म ९० लाख ४ हजार ३६५ संक्रमित हुँदा १ लाख ३२ हजार २०२ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ५९ लाख ८३ हजार ८९ जना संक्रमित हुँदा १ लाख ६८ हजार १४१ जनाको मृत्यु भएको छ । फ्रान्समा २० लाख ८६ हजार २८८ संक्रमित हुँदा ४७ हजार १२७ जनाको मृत्यु भएको छ । रुसमा २० लाख १५ हजार ६०८ संक्रमित हुँदा ३४ हजार ८५० जनाको मृत्यु भएको छ ।
स्पेनमा संक्रमितको संख्या १५ लाख ७४ हजार ६३ पुगेको छ भने ४२ हजार २९१ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म १४ लाख ५३ हजार २५६ जना संक्रमित रहेका छन् ५३ हजार ७७५ जनाको मृत्यु भएको छ । यता, इटलीमा १३ लाख ८ हजार ५२८ जना संक्रमित हुँदा ४७ हजार ८७० जनाको मृत्यु भएको छ । कोलम्बियामा १२ लाख २५ हजार ४९० संक्रमित हुँदा ३४ हजार ७६१ जनाको मृत्य भएको छ ।
नेपालमा भने अहिलेसम्म २ लाख १५ हजार २० जना संक्रमति फेला पर्दा १ लाख ६५ हजार ६३८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १२ सय ७६ जनाको भने मृत्यु भएको छ । यता, कोरोना संक्रमणको सुरुवात भएको चीनमा पछिल्लो २४ घण्टामा १७ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८६ हजार ३९८ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।