Market Closed

कोरोना विरुद्धको खोप नआउँदासम्म दिल्लीका विद्यालय नखुल्ने

26 Nov,2020
  • delh_stu_11_26_2020_2_15_29.png
 
नयाँ दिल्ली : भारतको केन्द्रीय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोना भाइरस विरुद्धको खोप नआउँदासम्म विद्यालय बन्द नै रहने भएका छन् । खोप नआउँदासम्म बालबालिकाहरु विद्यालयमा सुरक्षित हुन नसक्ने भएकाले अहिले नै विद्यालयहरु खोल्न ठीक नहुने निष्कर्ष प्रदेश सरकारले निकालेको हो । दिल्ली प्रदेशका उप मुख्यमन्त्री तथा शिक्षा मन्त्री मनिष सिसोडियाले बुधबार भने, “जहिलेसम्म खोप आउँदैन त्यतिबेलासम्म दिल्लीका विद्यालयहरु बन्द नै रहन्छन् ।

”कोरोना विरुद्धको खोप नआउँदै विद्यालय खोल्नु घातक हुने पनि उनले स्पस्ट पारे । भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा गत मार्च १६ देखि सवै विद्यालयहरु बन्द नै रहेका छन् । कोरोना भाइरसको महामारी फैलिन थाल्नासाथ सरकारले विद्यालय बन्द गराएको हो । भारतका कतिपय प्रदेशहरुले विद्यालय खोल्ने निर्णय गरेपनि दिल्ली प्रदेशले भने बन्दलाई अझै कायमै राख्ने निर्णय गरेको छ ।

तुलनात्मक रुपमा कोरोना भाइरसबाट बढी प्रभावित प्रदेश भएकाले पनि दिल्ली सरकारले विद्यालय खोल्ने जोखिम नलिएको हो । नयाँ दिल्लीमा मात्रै अहिलेसम्म कोरोना भाइरसबाट ५ लाख ४० हजार ५४१ जना संक्रमित भएका छन् भने ८ हजार ६२१ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश भारतमा कोरोना भाइरसबाट धेरै प्रभावित ६ वटा प्रदेश मध्येमा पर्दछ । 
 
रासस–सिन्ह्वा
 

Post Your Comment