Market Closed

थप १ हजार १४ जनामा संक्रमण पुष्टि, अरु २० को निधन

07 Dec,2020
  • corona_ruusia_10_13_2020_12_06_06_12_7_2020_5_32_19.jpg
नेपाली पैसा 

काठमाडौं  :  नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल २ लाख ४१ हजार ९९५ जना पुगेको छ । सोमबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । 


यता, पछिल्लो २४ घण्टामा १६ सय २८ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या २ लाख २७ हजार ४३३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २० जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म १६ सय १६ जना पुगेको छ ।

Post Your Comment