Market Closed

थप १२ सय १७ जनामा संक्रमण पुष्टि हुँदा उपत्यकामा मात्रै ४०४

10 Dec,2020
  • 2_10_16_2020_4_42_35_12_10_2020_5_03_39.jpg
नेपाली पैसा 

काठमाडौं  : नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसमा काठमाडौं उपत्यकामा मात्रै ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाको तीन जिल्लामध्ये काठमाडौंमा ३२८ जना, ललितपुरका ५१ जना र भक्तपुरका २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल २ लाख ४५ हजार ६५० जना पुगेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । 


यता, पछिल्लो २४ घण्टामा १ हजार ६४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म १६ सय ६३ जना पुगेको छ ।

Post Your Comment