Market Closed

थप ७७६ जनामा कोरोना संक्रमण

17 Dec,2020
  • 2_10_16_2020_4_42_35_12_15_2020_4_54_20.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ७६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या कुल २ लाख ५१ हजार ६९२ जना पुगेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । 


 
यता, पछिल्लो २४ घण्टामा ९ सय ४७ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या २ लाख ४० हजार ३६३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ । योसँगै, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म १७ सय ४९ जना पुगेको छ ।

 

Post Your Comment