Market Closed

विदेशीलाई थप १४ दिन इन्डोनेसिया प्रवेश निषेध

12 Jan,2021
  • jakartas_1_12_2021_12_28_40.jpg
जकार्ता : विदेशी नागरिकलाई इन्डोनेसिया प्रवेशका लागि सोमबारदेखि थप १४ दिन निषेध गरिएको छ । कोरोना भाइरस महामारी थप फैलिने डरले विदेशी नागरिकलाई थप २ हप्ता प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन् । यसअघि लामो समयदेखि लगाइँदै आएको प्रतिबन्धलाई थप २ हप्ता निरन्तरता दिने निर्णय भएको मन्त्री एयरलाङ्गा हार्तार्तोले जानकारी दिए ।

सरकारले प्रतिबन्धात्मक व्यवस्थाहरुलाई अहिले थप कडाइका साथ लागू गर्न लागेको पनि उनले बताए । राष्ट्रपति जोको विडोडोले पनि विदेशी नागरिकलाई इन्डोनेसिया प्रवेशका लागि प्रतिबन्ध लगाउने समय बढाउने निर्णयप्रति समर्थन जनाएका छन् । सरकारको यो निर्णयसँगै यही जनवरी २८ तारिखसम्म विदेशी नागरिकले इन्डोनेसिया प्रवेश नपाउने भएका छन् ।

इन्डोनेसियाली सरकारले यसअघि पनि यही जनवरी १ देखि १४ सम्म विदेशी नागरिकलाई प्रवेश निषेध गर्ने निर्णयलाई निरन्तरता दिएको थियो । विदेशी सरकारी उच्च अधिकारी तथा अति महत्वपूर्ण व्यक्तिहरुलाई पनि आधारभूत मापदण्ड पूरा गरेर  सरकारको स्वीकृतिमा भ्रमणको व्यवस्था भने गर्न सकिने सरकारी अधिकारीहरुले बताएका छन् । 
 
रासस–सिन्हवा
 

Post Your Comment