Market Closed

भारतमा करिब ५० लाखले लगाए कोरोना खोप

05 Feb,2021
  • corona_india_2_5_2021_2_11_40.jpg

दिल्ली : भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । हालसम्म करिब ५० लाख व्यक्तिले खोप लगाइसेकेका छन् । पहिलो चरणमा कोरोना भाइरस विरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मीहरु रहेका छन् । कोरोना भाइरस संक्रमित संख्या बिहीबारसम्म १ करोड ८ लाख २ हजारभन्दा बढी पुगेको छ ।

भारतमा गत २४ घण्टामा कोरोनाका  कारण १२० जनाको मृत्यु भएसँगै कुल निधन हुनेको संख्या १ लाख ५४ हजार ८२३ जना पुगेको छ । पछिल्लो विवरण अनुसार  भारतमा १ करोड ४ लाख ८० हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएका छन् । हाल यहाँ १ लाख ५५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीब्रता दिने बताएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबारसम्म देशभर १९ करोड ९९ लाख ३१ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बुधबार एकै दिनमा मात्र ७ लाख १५ हजार ७७६ व्यक्तिलाई कोभिड¬१९ परीक्षण गरिएको छ । 
 
रासस–सिन्ह्वा

Post Your Comment