Market Closed

फेसबुक र गुगलले समाचारका लागि पैसा तिर्नुपर्ने, अस्ट्रेलियाले पारित गर्यो कानुन

25 Feb,2021
  • 1_2_25_2021_4_53_46.jpg
नेपाली पैसा
 
काठमाडौं : फेसबुक, गुगल लगायत डिजिटल माध्यमहरुले अस्ट्रेलियाका स्थानीय मिडिया आउटलेट र प्रकाशकहरुलाई अबदेखि पैसा तिर्नुपर्ने भएको छ । अस्ट्रेलिया सरकारले बिहीबार नयाँ मिडिया कानुन पारित गरेपछि टेक कम्पनीहरु माथि उक्त वाध्यता सिर्जना भएको हो । स्थानीय समाचार मिडिया तथा प्रकाशकहरुको समाचार आफ्नो ‘न्यूज फिड’ र ‘सर्च रिजल्ट’ मा राख्नका लािग फेसबुक, गुगल लगायत डिजिटलमाध्यमहरुले पैसा तिर्नु भएको हो ।
 
अस्ट्रेलियाको संसदले पारित गरेको उक्त नयाँ कानुनले सञ्चारमाध्यमहरुका लागि समाचार सिजर्ना गरेवापत उचित पारिश्रमीकको सुनिश्चितता गर्ने विश्वास लिइएको छ । विगत केही महिनादेखि उक्त कानुनको निकै चर्चा हुँदै आएको थियो । फेसबुक र गुगलले कानुनको सुरुवाती प्रस्तावको चर्को विरोध गरेका थिए । यस कानुनको विरोध गर्दै फेसबुकले गत साता अस्ट्रेलियाका समाचार सम्बन्धी फेसबुक पेजहरुलाई बन्द पनि गरिदिएको थियो ।
 
यद्दपी, कानुनका केही बुँदाहरुमा संशोधन भएमा बन्द गरिएका पेजहरु पुनः खुला गरिने पनि फेसबुकले जानकारी गराएको थियो । अस्ट्रेलिया सरकारले कानुनका उक्त विवादित बुँदाहरुलाई संशोधन गरी पारित गरेको छ । संशोधनपछि फेसबुकले अस्ट्रेलियाको प्रमुख मिडिया कम्पनी ‘सेभेन वेस्ट मिडिया’ सँग सम्झौता पनि गरिसकिएको जानकारी गराएको छ । यस्तै, गुगलले पनि अस्ट्रेलियाका केही मिडिया कम्पनीहरुसँग सम्झौता गरिसकेको घोषणा गरेको छ ।
 
अस्ट्रेलियाको नयाँ कदमले अन्य देशलाई पनि यस्तै किसिमको कानुन ल्याउन बाटो खुला गरिदिएको विश्लेषण गरिएको छ । यसलाई संसारभरका मिडिया कम्पनीहरुको जितका रुपमा हेरिएको छ । तर ठूला प्रविधि कम्पनीहरुलाई यस्तो कनुनको दायरामा ल्याउन भने सहज देखिँदैन । अस्ट्रेलियाले पनि अथक प्रयासपछि मात्रै कानुन पारित गरेको हो । सुरुवाती चरणमा अस्ट्रेलियाले फेसबुक र गुगलको चर्को विरोधको सामना गर्नुपरेको थियो ।

Post Your Comment