नेपाली पैसा
काठमाडौं : नेपाली पैसाले सेयर बजार सम्बन्धी बेसिक, आधारभूत, प्राविधिक विश्लेषण तथा कम जोखिममा बढी प्रतिफल लिन सिकाउने हाइब्रिड लगानी जस्ता विभिन्न सशुल्क तालिमहरु सञ्चालन गर्दै आएको छ । यसैक्रममा यसअघि तालिम लिइसकेका तथा कारोबार गरिरहेकाहरुका लागि प्राविधिक विश्लेषण गरेर किनबेच गर्न एवं आगामी हप्ताको बजार तथा केही सम्भाव्य कम्पनीहरुको चाल बुझ्न सिकाउने निःशुल्क कक्षा पनि सञ्चालन गर्दैछ ।
यस्तो निःशुल्क कक्षा यही फागुन २२ गते शनिवार बिहान ७ः३० देखि अनलाइन जूम तथा गुगल मीट एप माध्यमबाट चल्नेछ । अहिलेसम्मको बजार चाल हेरी आगामी हप्ता कुन–कुन कम्पनीका सेयरहरुको चाल वा अवस्था के–कस्तो रहला भन्ने विश्लेषण गरिने छ । तर यो विश्लेषण कक्षामा भने लगानीकर्ताहरुकै रोजाइमा परेका मुख्य कम्पनीहरुको मात्र विश्लेषण गरिनेछ ।
छोटो समयका लागि कारोबार गरिरहेका लागि सेयर बजारको गत हप्तासम्मको बजारको चाल तथा आफूले कारोबार गर्न चाहेका कम्पनीहरुको बारेमा प्राविधिक विश्लेषण गरी खरीदबिकीको निर्णय लिन सक्नुपर्ने हुन्छ । यो सत्रमा दोस्रो बजारमा विश्लेषण गरी कारोबार गरिरहेका तथा छोटो समयका लागि नाफा कमाउन चाहने कारोबारी व्यक्तिहरुले सहभातिता जनाउँदा फाइदामूलक हुनेछ ।
यो कक्षा नेपाली पैसाका अनुभवी सेयर बजार प्रशिक्षक डा. केशव श्रेष्ठले लिनेछन् । यसका लागि तल दिइएको जूम तथा गुगल मीट लिंक कपि पेष्ट गरी इन्ट्री गर्न सकिनेछ ।
यो निःशुल्क कक्षामा ४०० जनाले मात्र अनलाइन सहभागिता जनाउन सक्नु हुनेछ ।
यो निःशुल्क अन डिमाण्ड सेयर विश्लेषण कक्षाका लागि फागुन २२गते शनिवार बिहान ७ः१५ बजेदेखि तलको लिंकबाट जूम वा गुगल मीट एपमा प्रवेश गर्नुहोला ।
Zoom Link:
https://zoom.us/j/99542307649...
Meeting ID: 995 4230 7649
Passcode: 964559
Google Meet Link:
meet.google.com/bud-uwbi-hvv