Market Closed

नेपाली पैसामा शनिबारदेखि सुरु हुँदैछ अधिकतम प्रतिफल लिन सिकाउने सेयर हाइब्रिड तालिम

12 Mar,2021
  • 1_3_12_2021_10_34_41.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपालको सेयर बजारमा ज्ञानमा आधारित भन्दापनि देखासिकीमा लगानी गर्ने प्रचलन हाबी छ । तसर्थ, ज्ञानमा आधारित भएर विवेकपूर्ण लगानी गर्न सिकाउने उद्देश्यले नेपाली पैसाले शनिबार फागुन २९ गतेदेखि सेयर हाइब्रिड लगानी तालिम सञ्चालन गर्ने भएको छ । यो तालिमपछि थोरै बचत भएका लगानीकर्ताहरुले पनि बैंक बचत, बिमा र सेयर बजारलाई उचित सम्मिश्रण गरी दीर्घकालीन लगानी योजना सुरु गर्न सक्नेछन् ।

तालिम चैत ३ गतेसम्म सञ्चालन हुनेछ । तालिम अनलाइन माध्यमबाट साँझ ६ बजेदेखि ८ बजेसम्म हुनेछ । यस तालिमका प्रशिक्षक डा. केशव श्रेष्ठ हुन् । विगत १८ वर्षदेखि हाइब्रिड लगानी विषयमा उनले थुप्रै अनुसन्धान गरेका छन् । यो लगानी मोडलको कपिराइट समेत दर्ता भएको छ । वित्तीय संस्थाहरुले यसको प्रोडक्ट बनाउने र विनाधितो ऋण समेत प्रवाह गर्न थालेको प्रशिक्षक डा. श्रेष्ठ बताउँछन् । धेरै प्रकारका लगानीहरुमध्ये यो कम जोखिमयुक्त छ भने प्रतिफल भने उच्च दिने उनको भनाइ छ ।

तालिम पश्चात् आफ्नो लगानीको आफैंले व्यवस्थापन गरी १५ वर्षसम्म पैसालाई काम गर्न दिने हो भने लगानीमा १० गुणा प्रतिफल पाउन सकिने उनले बताए । सुरुमा यस विषयमा धेरै जानकारी नरहेता पनि तालिम पश्चात् यो साँच्चिकै आँखा उघारिदिने खालको भएको प्रतिकृया प्रशिक्षार्थीहरुले दिने गरेका छन् । अहिले आफूसँग बचत नभए पनि नियमित आम्दानी भएका व्यक्तिहरुले ऋण लिएर यो लगानी योजना सुरु गरेर पनि उच्च प्रतिफल लिन सकिनेछ ।

‘हामीले सबै लगानीका उपकरणहरु प्रयोग गरिरहेका नै रहेछौं तर नजानी नजानी गर्दा रहेछौं’ एकजनापूर्व प्रशिक्षार्थीले प्रतिकृया दिएका छन् ‘तरीका पुर्याएर र अनुशासित भएर लगानी गर्दा त नसोचेको ठूलो प्रतिफल पाइने रहेछ । तालिम लिएपछि मलाई अब आफ्नो सीमीत बचतको उच्चतम लाभ लिनसक्छु भन्ने विश्वास पलाएको छ ।’ सुरुमा नबुझ्दा यो तालिमको विषयवस्तु कहानीजस्तो लागेको थियो’ अर्का पूर्वप्रशिक्षार्थी भन्छन् ‘तर तालिममा तरिकाहरु बुझाएर हिसाव गणना गरेरै देखाएपछि त यो लगानी योजना सुरु गर्ने निर्णय गरें ।’
 
तालिममा प्रशिक्षक डा।केशव श्रेष्ठद्वारा लिखित हाइब्रिड लगानीको गाइड बुक मानिने पुस्तक ‘शून्यबाट करोडपति’ समेत निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । तालिमका बारेमा थप बुझ्न ९८५८०२२९८२, ९८४०४६५५३५, ९८२३८२२८८२ मा सम्पर्क गर्न सकिनेछ ।
 
 

Post Your Comment