Market Closed

नेपाली पैसामा शनिबार हुँदैछ सेयरको अन डिमाण्ड कम्पनी विश्लेषण निःशुल्क कक्षा

02 Apr,2021
  • Capture_4_2_2021_10_19_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाली पैसाले सेयर बजारसम्बन्धी बेसिक, आधारभूत तथा प्राविधिक विश्लेषण एवं कम जोखिममा बढी प्रतिफल लिन सिकाउने हाइब्रिड लगानी जस्ता विभिन्न सशुल्क तालिमहरु दिंदै आएको छ । सेयर बजारको सूचनाका साथमा कम्पनी एवं बजार विश्लेषण सहयोगी स्मार्ट वेल्थ प्रो प्रडक्टमार्फत पनि बजार विश्लेषण गर्न सकिनेछ । यसका बारेमा पनि जानकारी पाउन सकिनेछ ।
 
नेपाली पैसाका पाठक तथा पूर्वप्रशिक्षार्थीहरुको रोजाइमा परेका तथा माग गरिएका केही कम्पनीहरुको सेयर विश्लेषण निःशुल्क गरिने यो कक्षा यहि चैत २१ गते शनिबार बिहान ७ः३० बजेदेखि ८ः३० बजेसम्म सञ्चालन हुँदैछ । नेपाली पैसाका पाठक तथा पूर्व प्रशिक्षार्थीहरुको रोजाइमा परेका केही कम्पनीहरुबारे जान्न र बुझ्न यो निःशुल्क कक्षामा तपाईं पनि सहभागी हुन सक्नुहुनेछ ।  
 
सेयर बजारमा राम्रो कमाई गर्नका लागि पुस्तकहरु पढ्ने, तालिमहरु लिने र निरन्तर स्वअध्ययन गरिरहनु जरुरी हुन्छ । तालिम लिएपछि पनि विभिन्न स्रोतहरुबाट सेयरहरुबारे बुझ्ने अनि विश्लेषण गरेरमात्र खरीदबिक्रीको निर्णय लिएमात्र राम्रो लाभ लिन सकिन्छ । कम्पनीहरुको विश्लेषण थाहा नपाउँदा यथेष्ट लाभ लिन नसकिने पनि हुन्छ ।

सेयर बजारका कम्पनीहरुको विश्लेषण कसरी गर्ने भन्ने जानकारी यो निःशुल्क कक्षाबाट सिक्न सकिनेछ । यो कक्षा नेपाली पैसाका अनुभवी सेयर बजार प्रशिक्षक डा. केशव श्रेष्ठले लिनेछन् । यसका लागि तल दिइएको जूम वा गुगल मीटको लिंकबाट शनिबार बिहान ७ः१५ देखि इन्ट्री गर्न सकिनेछ ।

Zoom ID: 913 2554 9190


Passcode: 955864

Google Meet: meet.google.com/kez-tqfz-tsb
 
 

Post Your Comment