Market Closed

बेलायतमा अब लक डाउन केही खुकुलो गरिने

06 Apr,2021
  • uk_pm_4_6_2021_1_24_07.jpg
लन्डन : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अप्रिल १२ देखि बेलायतमा जारी लक डाउन केही सहज बनाइने बताएका छन् । आगामी सोमबारदेखि हालको लक डाउन अवस्थामा परिवर्तन गरेर केही सहज बनाइने छ, उनले भने । लन्डनमा आगामी सोमबारदेखि होटल, रेष्टुरेन्ट, पब र बारहरु खुल्ने भएका छन् । त्यसैगरी, जिमखाना, पार्कहरु, चिडियाखाना, पुस्तकालयहरु र सामुदायिक केन्द्रहरु पनि खुला गरिने भएको छ ।

आगामी सोमबारदेखि आवश्यकता अनुसार अरु कार्यालयहरु र सेवा क्षेत्र पनि खुला रहने छ । प्रधानमन्त्री जोन्सनले सोमबारबाट बेलायत सरकारले २ किसिमको रोडम्याप बनाएर अघि बढ्ने भएको जानकारी दिएका छन् । बेलायतमा कोरोना महामारीको दोस्रो वेभ चलेको छ । पछिल्लो समय नयाँ प्रजातिको संक्रमण पनि फैलिएकाले महिना दिन भन्दा लामो समयदेखि सरकारले लक डाउन जारी छ । 
 
रासस–सिन्ह्वा

Post Your Comment