वासिङटन : अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाका सबै वयस्क नागरिकले पनि आगामी अप्रिल १९ तारिखदेखि कोरोना खोप पाउने घोषणा गरेका छन् । अमेरिकाको अलेक्जेन्डेरिया र भर्जिनियामा खोप निर्माण भइरहेका स्थानहरुको भ्रमण गरेपछि उनले यो नयाँ घोषणा गरेका हुन् । यसअघि उनले आगामी मे १ तारिखदेखि अमेरिकाका सबै नागरिकलाई खोप दिइने भनेर घोषणा गरेका थिए ।
जति सक्दो चाँडो खोप दिनुपर्ने माग बढ्दै गएपछि राष्ट्रपतिको नयाँ घोषणा आएको हो । अमेरिकामा ७५ दिनमा १५ करोड डोज खोप लगाइसकिएको छ । राष्ट्रपति बाइडेनले आगामी मे महिनासम्ममा अझै महामारीको अवस्था बढ्नेतर्फ विज्ञहरुले संकेत गरेकाले अझै सतर्क र सुरक्षित रहन पनि आग्रह गरे ।
अमेरिका विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित देशमा पर्दछ । यहाँ अहिलेसम्म ३ करोड १५ लाख भन्दा बढी मानिस कोरोना भाइरस संक्रमित भएका छन् । ५ लाख ७० हजार भन्दा बढी व्यक्तिको कोभिड १९ संक्रमणबाट ज्यान गएको छ ।
रासस–सिन्ह्वा