Market Closed

ब्राजिलमा कोरोना भाइरसबाट एकै दिन ४ हजार भन्दा बढीको ज्यान गयो

08 Apr,2021
  • brazil_4_8_2021_9_32_44.jpg
 
ब्रासिलिया : ब्राजिलमा गत मंगलबार (२४ घन्टामा) कोभिड– १९ संक्रमणका कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलमा कोरोना भाइरस सुरु भएयता एकैदिन यति धेरै संख्यामा ज्यान गुमाएका यो पहिलो पटक हो । ब्रालिजमा मंगलबार ४ हजार १९५ जनाले ज्यान गुमाएपछि यस संक्रमणबाट मृत्यु हुनेको संख्या करिब ३ लाख ३७ हजार पुगेको छ ।

कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्याका आधारमा ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा पर्दछ । ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड १९ को भयानक तनाव खेपिरेहको छ । एस्पिरिटो सान्टो फेडरल युनिभर्सिटीका महामारी विज्ञ एथेल मकिएलले भने, ‘हामी भयानक स्थितिमा छौं । हामीले कुनै राज्य वा संघीय सरकारले प्रभावकारी उपाय देखिरहेका छैनौं ।’
 
देशको जनसंख्याको १० प्रतिशतले मात्र पहिलो चरणको खोप लगाएका छन् । हाल अत्याधिक रुपमा फैलिएको भाइरसको प्रकोप नियन्त्रण गर्न एक मात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लक डाउन भएको उनले बताए ।  
 
रासस–एएफपी

Post Your Comment