Market Closed

पेट्रोलियम डिलर्स एसोसियसन अध्यक्षमा पुनः प्रधान

08 Apr,2021
  • pertos_4_8_2021_12_38_51.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनका अध्यक्षमा पुनः लिलेन्द्र प्रसाद प्रधान निर्वाचित भएका छन । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनको ४२औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा भएको निर्वाचनमा प्रधान विजयी भएका हुन । साधरण सभा २० र २१ गते भएको थियो । निर्वाचनमा प्रधानले ३ सय २ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी नविन चन्द्र श्रेष्ठले ४३ मत ल्याएका थिए ।

विजयी हुनेहरुमा महासचिवतर्फ विश्व प्रसाद अर्याल, कोषाध्यक्षमा चर्तुभुज सरिया रहेका छन । अरु पदहरुमा प्रधान समूहबाट उम्मेदवारी दिएका सबै निर्वाचित भएका छन् । अध्यक्ष प्रधानले नेपाल आयल निगमले पेट्रोल पम्प सञ्चालनका लागि लाइसेन्स दिंदा वैज्ञानिक आधार तय गर्नुपर्ने सम्बन्धमा एसोसियसनले काम गर्ने बताए ।

त्यसैगरी, निगमलाई प्रविधिमैत्री बनाउने तथा व्यवसायीलाई पनि प्रविधिमैत्री बनाउने तर्फ एसोसियसनले पहल गर्ने उनको भनाई छ । लागत अनुसार प्रतिफल नपुगेको हकमा सो माग गर्ने एवं विद्युतीय स्टेशन विस्तारका लागि पहल गर्ने विषयमा एसोसियसनले काम गर्ने उनले बताए । 
 
 

Post Your Comment