नयाँ दिल्ली : भारतमा एकै दिनमा अहिलेसम्मकै धेरै कोरोना भाइरस संक्रमित फेला परेका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा करिब १ लाख २७ हजार जना संक्रमित भएका हुन् । ्केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले अहिलेसम्मकै धेरै १ लाख २६ हजार ७८९ जना नयाँ संक्रमित थपिएको जनाएको छ ।
पछिल्लो विवरणसँगै भारतमा कुल संक्रमित संख्या १ करोड २९ लाख २८ हजार ५७४ जना पुगेको छ । पछिल्लो १ दिनमा भारतमा ६८५ जनाको कारोना भाइरसका कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १ लाख ६६ हजार ८६२ पुगेको छ ।
रासस–सिन्ह्वा