Market Closed

सेयर बजार सकारात्मक लयमै

08 Apr,2021
  • Nepse-building_4_8_2021_1_34_00.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजार सकारात्मक लयमा देखिएको छ । यो समाचार तयार पार्दासम्म (१ः३० बजे) नेप्से सूचक ७ अंक भन्दा बढीले वृद्धि भएको छ । कारोबार भोलुम ३ अर्बभन्दा माथि छ । चैत मसान्त नजिकिंदै गर्दा बजार सकारात्मक नै हुने पहल गरेको देखिन्छ । चैत अन्तिसम्म बजार सामान्य रहे पनि नयाँ वर्षपछि रफ्तार लिने धेरैको आँकलन छ ।

५ कम्पनीको भाउ सर्किट लाग्ने तहमा वृद्धि भएको छ । नयाँ सूचीकरण भएको ज्योति लाइफ इन्सुरेन्सको भाउ सकारात्मक सर्किट लागेको छ । क्रेताको भीड लागेको छ । १८ लाख ८१ हजारभन्दा बढी कित्ताको माग रहेको छ । बिक्रेता भने देखिएका छैनन् । 

Post Your Comment