Market Closed

सेयर बजार घटेका बेला लगानीकर्ताले के गर्ने ?

19 Apr,2021
  • bull_bear_3_4_19_2021_3_16_19.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजार सोमबार पनि प्रभावित भएको छ । नेप्से २७ सय विन्दु माथि पुगेपछि ट्रेडर हावी भएका हुन् । यही बेला फेरि कोरोनाको दोस्रो लहरको त्रास पनि फैलाइएको छ । यसले पनि बजारमा केही नकारात्मक प्रभाव परेको अनुमान छ । तथापि, यी दुवै विषय अल्पकालीन वा क्षणिक मात्र हुनेछन् । प्रमुख पक्ष बैंक तथा वित्तीय संस्थामा हुने अधिक तरलता, सस्तो ब्याजदर अनि बुलिस साइकल नै हो । यी ३ कुरा ठीकठाक हुँदासम्म बजार धेरै नबिग्रिने विश्लेषकहरु बताउँछन् ।

अल्पकालमा बजारमा केही करेक्सनहरु आउनुलाई अन्यथा लिन नहुने पनि उनीहरुको भनाई रहेको छ । बजार घटेका बेला लगानीकर्ताहरुले आफ्नो वित्तीय अवस्था अनि जोखिम बहन क्षमतालाई मध्यनजर गर्दै सकेसम्म होल्ड गर्न सक्नुपर्छ । घटेका बेला सस्तो भाउमा किन्ने त्यसो गर्न नसके पनि भएका सेयरहरु होल्ड गर्न सके बढेका बेला प्रचुर लाभ लिन सकिन्छ । 
 
सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानले सर्वोपरि स्थान ओगट्ने गर्छ । यसर्थ, सानातिना घटनालाई आधार मानेर लगानीकर्ताले मनोविज्ञान कमजोर बनाउनु हुँदैन । सकारात्मक र दृढ विश्वास लगानीकर्तामा विकास हुन आवश्यक हुन्छ । घटेको बजार फेरि माथि जान्छ भन्ने पक्षलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । विगतमा पनि कोरोना त्रासकै बीचमा बजारले उचाई लिएको विषयलाई लगानीकर्ताले भुल्नु हुँदैन ।  

 सबल वित्तीय सूचक भएका कम्पनीहरु छान्नुपर्छ । सकेसम्म लामो समय होल्ड गर्ने हिसाबले सेयर किन्नुपर्छ । यसो गर्न सकेमा दिनहुँ हुने उतारचढावबाट खासै प्रताडित हुनुपर्दैन । नेप्से सूचक ३७.५८ अंकले घटेर २६६१.९३ विन्दुमा आइपुगेको छ । ६ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१३ कम्पनीको १ करोड ४२ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।



१३ समूहमध्ये २ बाहेक बाँकी सबै समूहको सूचक तल झरेको छ । २ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । खरिदबिक्री रकममा २८ करोड ३४ लाख रुपैयाँभन्दा बढीसहित नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । दोस्रोमा एचआइडीसीएल र तेस्रोमा निफ्रा परेका छन् । 



Post Your Comment