Market Closed

आजबाट कोरोनाको दोस्रो डोज खोप लगाउन सुरु

20 Apr,2021
  • Corona-Virus_4_19_2021_4_49_28_4_20_2021_10_46_09.png
नेपाली पैसा

काठमाडौं : सरकारले आजदेखि (वैशाख ७ गते) बाट कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउन सुरु गरेको छ । खोप अभियान सुरु भएपछि पहिलो चरणमा खोप लगाएकाहरुलाई आजबाट वैशाख ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
 
पहिलो मात्रा खोप लगाएका व्यक्तिले आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउने छन् । विभागले गत माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते, माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले यही वैशाख ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले वैशाख ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले वैशाख १० गते र माघ ३० र फागुन ७ तथा १० गते लगाएकाले वैशाख ११ गते दोस्रो मात्राको खोप लगाउन आग्रह गरेको छ । 

 

Post Your Comment