Market Closed

जापानले विकास गर्यो ५ मिनेटमै कोरोना संक्रमण परीक्षण गर्ने प्रविधि

20 Apr,2021
  • japan_4_20_2021_1_13_22.jpeg
 
टोकियो : जापानले ५ मिनेटमै कोभिड १९ संक्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट यस्तो प्रविधि पत्ता लगाइएको जानकारी दिइएको छ । हाल जापानमा पनि पीसीआर टेस्ट नै प्रचलनमा छ ।

तर यो प्रविधिबाट हाल कोभिड १९ को भाइरस पत्ता लगाउनका लागि कम्तीमा १ घन्टा समय लाग्ने गरेको छ । अब भने कुनै पनि व्यक्तिको स्याम्पल लिएको ५ मिनेटभित्रै सम्बद्ध व्यक्तिको शरीरमा कोभिड १९ पोजेटिभ भए नभएको पत्ता लाग्नेछ ।

यो प्रविधिले अब कोरोना परीक्षण गर्न र समयमै पत्ता लगाउनका लागि ठूलो सहयोग पुग्ने विज्ञहरुको भनाई समावेश गर्दै जापानको राष्ट्रिय टेलिभिजन संस्था एन एच केले जनाएको छ । उक्त इन्स्टिच्युटका एक जना वैज्ञानिक रिकेन वातानावेले यो प्रविधिबाट परीक्षण गर्नका लागि कुनै पनि जटिल प्रक्रिया नभएको र सामान्य रुपमा पत्ता लाग्ने जानकारी दिए । 
 
रासस–सिन्ह्वा

Post Your Comment