Market Closed

सकेसम्म स–साना निक्षेप राख्नका लागि बैंकमा नआउन डेभलपमेन्ट बैंकर्स एसोसिएसनको आग्रह

14 May,2021
  • DBAN_Logo1_5_14_2021_10_30_27.jpg
नेपाली पैसा
 
काठमाडौं : डेभलपमेन्ट बैकर्स एसोसिएसन नेपालले परिस्थिति केही सहज नभएसम्म साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन सर्वसाधारणसँग अनुरोध गरेको छ । विकास बैंकहरुलाई पनि ग्राहकलाई यस्तै अनुरोध गर्न भनेको छ । एसोसिएसनले प्रेश विज्ञिप्ति जारी गर्दै यस्तो बताएको हो ।

यसअघि बिहीबारमात्रै बैंकर्स संघले पनि केही समयका लागि ५० हजार भन्दा कम रकमको निक्षेप नलिने निर्णय गरेको थियो । वाणिज्य बैंकको उक्त निर्णयमा सेवाग्राहीले आपत्ति जनाइरहेको बेला डेभलपमेन्ट बैकर्स संघले पनि साना निक्षेप जम्मा गर्न नआउन ग्राहकलाई अनुरोध गरेको छ ।

तथापि, रकमको सीमा भने तोकिएको छैन । साथै, डिजिटल कारोबारलाई प्रोत्साहन गर्न संघले पनि आग्रह गरेको छ भने सम्भंव भएसम्म कर्र्मचारीलाई घरबाटै काम लगाउन भनिएको छ । कोरोना संक्रमणको दरसँगै मृत्युदर उच्च पनि उच्च भएकाले संघले उक्त निर्णय गरेको हो । 
 

Post Your Comment