Market Closed

कोभिड–१९ लाई सामना गर्ने बजेट ल्याउँछौं : अर्थमन्त्री पौडेल

14 May,2021
  • IMG_4814_5_14_2021_7_14_12.jpg
नेपाली पैसा
 
काठमाडौं : नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ लाई सामना गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने जानकारी गराएका छन् । अर्थ मन्त्रालयमा पदबहालीपछि कुरा गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको पनि जानकारी गराएका छन् । उनले कोभिड–१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशिल बनाउने संकल्पका साथ बजेट ल्याउने बताएका छन् । कोभिड–१९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामथ्र्य परिचालित गरी कोभिड–१९ विरुद्धको लडाईँलाई थप सघन र प्रभावकारी बनाउने पनि बताएका छन् । 
 
अर्थमन्त्री पौडेलले कोभिड–१९ बाट संक्रमित भएकाहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । पदभारसँगै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गरेका छन् ।

Post Your Comment