Market Closed

२४ घण्टामा ७ हजार ६६४ संक्रमित निको भए, नयाँ ७ हजार ९१४ थपिए

23 May,2021
  • 319718852-corona-1532x900-adobestock_5_23_2021_5_16_06.jpg
नेपाली पैसा 

काठमाडौं  : नेपालमा थप ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । 
 
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २८ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १७ सय ८१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, एकैदिन १९३ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । ७ हजार ६६४ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।  
 

Post Your Comment