Market Closed

ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख ५२ हजार नाघ्यो

26 May,2021
  • brazil_5_26_2021_2_55_39.jpg
 
ब्रासिलिया : ब्राजिलमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ५० हजार नाघेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा  कोरोना संक्रमणको कारण थप २ हजार १७३ जनाको ज्यान गएपछि यो संख्या ४ लाख ५२ हजार ३१ जना पुगेको छ ।

गत २४ घण्टामा ब्राजिलमा थप ७३ हजार ४५३ जना व्यक्तिमा कोरोना संक्रमण भएको छ । यससँगै संक्रमित संख्या १ करोड ६१ लाख ९४ हजार २०९ जना पुगेको छ । यस प्रकोप शुरु भएयता ब्राजिलमा १ करोड ४६ लाख व्यक्ति कोरोना मुक्त भएका छन् । 
 
रासस–एएनआइ
 

Post Your Comment