Market Closed

२४ घण्टामा ६ हजार ४९१ संक्रमित निको भए, नयाँ ४ हजार ७६२ थपिए

31 May,2021
  • corona-virus-getty_5_31_2021_5_55_57.jpg
नेपाली पैसा 

काठमाडौं  : नेपालमा थप ४ हजार ७६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार सोमबार १५ हजार ५५ जनाको पिसिआर र २ हजार ४२५ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।  यस्तै, एकैदिन ११४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । 
 

Post Your Comment