Market Closed

आजदेखि उपत्यकाभित्र निषेधाज्ञा केही खुकुलो

04 Jun,2021
  • kathmandu-4049912_1280-768x508_6_2_2021_3_19_42_6_4_2021_7_50_08.jpg
नेपाली पैसा

काठमाडौं : काठमाडौं उपत्यकाभित्र आजदेखि निषेधाज्ञा केही खुकुलो भएको छ । केही खुकुलो बनाएर १० दिन थपिएको निषेधाज्ञा आज (जेठ २१ गते) बाट लागू भएको छ । जेठ १४ गतेदेखि किराना पसलहरु समेत बन्द गरेर एक साताका लागि कडा निषेधाज्ञा गरिएकोमा आजदेखि भने केही सेवा चल्न दिनेगरी नयाँ व्यवस्था गरिएको हो ।

अब काठमाडौं उपत्यकामा बिहान ९ बजेसम्म किराना लगायत केही पसल खुला गर्न पाइने छ । तरकारी, फलफूल, दूध, मासु, खानेपानी लगायत सेवा एवं किराना पसल बिहान ९ बजेसम्म खोल्न पाइने भएको छ । डिपार्टमेन्टल स्टोरमा भने ग्रोसरीमात्र खोल्न दिइने छ । राति ९ बजेदेखि बिहान ९ बजेसम्मको लागि निर्माण सामग्रीको ढुवानीका साधनहरू सञ्चालनको अनुमति दिइएको छ ।
 
काठमाडौंमा बैंक तथा वित्तीय संस्थाको हकमा प्रधान कार्यालय र ३ वटा शाखा वाणिज्य बैंकले, विकास बैंकले प्रधान कार्यालय र २ वटा शाखा, वित्त कम्पनीले प्रधान कार्यालय र एक वटा शाखा खेलेर सेवा दिन पाउने छन् । अत्यावश्य बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बिमा लगायतका कार्यालयको सेवा प्रवाह हाललाई स्थगित गरिएको छ ।

जेठ ३१ गतेसम्म थप गरिएको निषेधाज्ञामा खाद्यान्न पसलदेखि मोटरसाइकल वर्कसपसम्मका केही सेवाहरुलाई भने खुला गरिएको हो । आजदेखि बिहान नौ बजेसम्म वर्कसप पनि खोल्न दिइने भएको छ ।
 

Post Your Comment