Market Closed

थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि, ८१ जनाको मृत्यु

09 Jun,2021
  • corona_5_28_2021_5_10_06_6_4_2021_5_37_34_6_6_2021_5_04_40_6_9_2021_5_11_37.jpg
नेपाली पैसा 

काठमाडौं  : नेपालमा थप ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार बुधबार १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । 
 
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ९१५ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ६७९, ललितपुरमा १५१ र भक्तपुरमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, एकैदिन ८१ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । ५ हजार ७६८ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।  
 

Post Your Comment