Market Closed

सुनको भाउ शुक्रबार प्रतितोला ६०० रुपैयाँले बढ्यो

11 Jun,2021
  • gold_6_4_2021_11_38_27_6_6_2021_12_06_37_6_11_2021_11_36_45.jpg
नेपाली पैसा

काठमाडौं : सुनको भाउ शुक्रबार प्रोतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको छ । 



यसअघि बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ९०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १३ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १३ सय ५५ रुपैयाँ निर्धारण भएको थियो ।
 

Post Your Comment