Market Closed

बहराइनमा रुसको स्पुतनिक–भी खोप ९४.३% प्रभावकारी भएको दाबी

11 Jun,2021
  • Sputnik_V_6_11_2021_12_39_59.jpg
 
मस्को : रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआइएफ) ले आफूले बनाएको कोरोना भाइरस विरुद्धको खोप स्पुतनिक–भी बहराइनमा ९४.३ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ । बहराइनमा चलिरहेको यस खोप अभियानको प्रभावकारिता बारेमा अनुसन्धान गर्दा यस्तो नतिजा देखिएको हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड र निर्देशिका अनुसार अनुसन्धान गरिएको बहराइनको मन्त्रालयलद्वारा जारी वक्तव्यमा पनि उल्लेख गरिएको छ । 
 
दोस्रो खोप लगाएको १४ दिनपछि खोप पूर्ण प्रभावकारी पुष्टि भएको अध्ययनबाट पुष्टि भएको छ । खोप लगाएकाहरु कसैको पनि अहिलेसम्म मृत्युको खबर नआएको र खोप लगाएकाहरू गम्भीर बिरामी पनि नभएको उनीहरूको दाबी छ । बहराइनमा मानवीय क्षति न्यून गर्नका लागि रुसी खोपको ठूलो योगदान रहेको बहराइनका अधिकारीहरूले बताउने गरेका छन् ।
 
स्पुतनिक–भी को कारण बहराइनको जनजीवन चाडै नै सामान्य अवस्थामा फर्किने अपेक्षा पनि गरिएको त्यहाँको प्रशासनले जनाएको छ । “हाम्रो अध्ययनले कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक–भी निकै प्रभावकारी र उपयोगी देखिएको छ,” बहराइनका स्वास्थ्य मन्त्री फेक्वा साइद अल सालेहले भने । 
 
देशका सबै नागरिकलाई यो खोप निःशुल्क र सहजै उपलब्ध हुने व्यवस्था गरिएको पनि उनले बताए । कोरोना भाइरस विरुद्ध स्पुटनीक भी खोप प्रयोग गर्ने देशहरु मध्ये बहराइन ६७औँ मुलुक भएको पनि रुसी अधिकारीहरुले जनाएका छन् ।  
 
रासस–एएनआई 

Post Your Comment