Market Closed

नेप्सेको ३ हजार विन्दुसम्मको यात्रा : अबको गन्तव्य कता ?

11 Jun,2021
  • bull_or_bear_6_11_2021_2_32_29.jpg

नेपाली पैसा 
 
काठमाडौं : सेयर बजारमा लगानीकर्ताको मनोबल उच्च देखिएको छ । लगानीकर्ता उत्साहित हुँदा पछिल्ला दिनहरुमा नेप्से सूचकसहित खरिदबिक्री रकमले नयाँ उचाईहरु लिइरहेको छ । कोरोना संक्रमणदर कम हुन थालेसँगै निषेधाज्ञा खुकुलो हुने खबरहरु आइरहेका छन् । यसबाट पनि सेयर बजारका लगानीकर्ताको मनोबल थप वृद्धि भएको अनुमान गर्न सकिन्छ । लगानीकर्ताले बजारप्रति विश्वास गर्दा यस साता नेप्सेले नयाँ उचाई हासिल गरेको छ ।

बुधबार इन्ट्रा डे कारोबारमा नेप्से सूचक ३००० विन्दुबाट पनि उकालो लागेको थियो । तथापि, उच्च विन्दु छोएपछि नेप्से पुनः करेक्कसनमा गएको छ । समग्रमा नेप्से सूचक गत साताको तुलनामा ३.०८% ले वृद्धि हुँदै यस सता २९४४.७८ विन्दुमा आएर कारोबार बन्द भएको छ । गत साता नेप्से सूचक २८५६.७७ विन्दुमा बन्द भएको थियो । बिहीबार १६.१० अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण ४० खर्ब नाघेको छ । 

 
सेयर बजारको आगामी गन्तव्य र आम लगानीकर्ताको चासो
 
विगत साताहरुमा जस्तै यसपटक बजार कुन गतिमा अघि बढ्ला भन्ने आम चासो छ । ३ हजार विन्दु क्रस गरेर केही तल झरेको नेप्से अब पुनः लगातार माथितिर जाला वा केही करेक्सनहरु होला भन्ने आम जिज्ञासा पनि उत्तिकै रहेको छ । सेयर बजारमा करेक्सनहरु स्वभाविक हो । बजार जति करेक्सन भयो उत्ति नै माथि जान सहयोग पुग्ने विश्लेषकहरु बताउँछन् ।

करेक्सनले बजारलाई थप बलियो पनि बनाउने उनीहरुको भनाई रहेको छ । यसर्थ, केही करेक्सन भएमा पनि दीर्घकालीन लगानीकर्ताले खासै चिन्ता लिनुपर्ने अवस्था रहँदैन । प्रमुख पक्ष भनेको पुँजी बजारमा अधिक हिस्सा राख्ने वाणिज्य बैंकहरुको सेयर भाउ बढेकै छैन । बैंकको मूल्य वृद्धि नभएकाले दीर्घकालमा सेयर बजार अझै माथितिरै जाने सम्भावना रहेको छ । बैंकको भाउ नबढ्दासम्म समग्र बजारमा खास जोखिम पनि नहुने विश्लेषकहरुको मान्यता रहेको छ ।

यसबाहेक बैंक ब्यादजर, तरलता लगायतका पक्षले पनि सेयर बजारलाई साथ दिएको छ । निक्षेप खातामा ब्याजदर निकै तल्लो विन्दुमा रहेको छ । बैंक बाहेक अरु क्षेत्रमा तुलनात्मकरुपमा आपूर्ति कम छ । बैंकसँगै अरु क्षेत्रहरुको पनि क्रमशः मूल्य वृद्धि हुन सक्छ । तर, कम्पनीहरुको अवस्था, पीई अनुपात लगायतलाई विचार गरेर लगानीकर्ताले निर्णय लिन सक्छन् । 
 
नेप्सेमा दैनिक कारोबार रकम
 
सेयर कारोबार रकमले यस साता विगतका सबै रेकर्डहरुलाई तोड्न सफल भएको छ । आइतबार हालसम्मकै उच्च १७.२७ अर्ब रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको थियो । सातामा सबैभन्दा थोरै सोमबार १५.८२ अर्ब रुपैयाँको सेयर खरिदबिक्री भयो । यस साता औसतमा दैनिक १३.५६ अर्ब रुपैयाँको सेयर खरिदबिक्री भएको देखिन्छ ।

 
सूचीकृत समूहहरुको प्रदर्शन 
 
विकास बैंक र फाइनान्स समूहमा आएको उछालले यस सता पनि निरन्तरता पाएको छ । यस साता पनि फाइनान्स समूहमा सबैभन्दा धेरै २५.०१% वृद्धि भएको छ । त्यसपछि, विकास बैंक समूह १६.४५% र हाइड्रोपावर समूह ६.०४% ले बढेका छन् । यद्दपि, माइक्रोफाइनान्स, होटल्स र ट्रेडिङ समूहमा भने क्रमशः ०.९९%, २.५६% र २.०९% ले गिरावट आएको छ । 

 
धेरै कमाउने 
 
यस साता रिडी हाइड्रपावरकोे सेयर भाउमा उच्च वृद्धि भएको छ । यसको भाउ ६०.२८% ले बढेको हो । त्यसपछि, पोखरा फाइनान्स ५८.४४% र गुडविल फाइनान्स ५४.३२% ले वृद्धि भएका छन् ।

 
धेरै गुमाउने 
 
यस साता नारायणी डेभलपमेन्ट बैंकको सेयर भाउ सबैभन्दा धेरै ७.७९% ले घटेको छ । त्यसपछि, राधी विद्युत कम्पनीमा ७.२५%  चन्द्रागिरी हिल्समा ४.३७% गिरावट आएको छ ।

 

Post Your Comment