Market Closed

थप २ हजार ९१८ जनामा संक्रमण पुष्टि, ५३ जनाको मृत्यु

14 Jun,2021
  • corona-virus-getty_5_31_2021_5_55_57_6_8_2021_5_09_07_6_14_2021_5_28_23.jpg
नेपाली पैसा 

काठमाडौं  : नेपालमा थप २ हजार ९१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार सोमबार ९ हजार ४३८ जनाको पिसिआर र ५ हजार ३८१ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख १० हजार ५२१ पुगेको छ । जसममध्ये ५ लाख ३६ हजार २५२ जना निको भएका छन् ।
 
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाकै कारण ५३ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ८ हजार ४६५ जनाको मृत्यु भएको छ । यता पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।  
 

Post Your Comment