Market Closed

धितोपत्र बोर्डले जोखिमयुक्त भनेका १४ सहित ३३ कम्पनीको भाउ ९% भन्दा धेरै बढ्यो

22 Jun,2021
  • 1_6_22_2021_4_42_23.jpg
नेपाली पैसा
 
काठमाडौं : सेयर बजार मंगलबार लयमा फर्किएको छ । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनीकोे सूची सार्वजनिक गरेपछि निरन्तर घटेको बजार मंगलबार पुनः सम्हालिएको हो । यसबीचमा सेयर बजार १८८.०३ अंकले घटेको थियो । मंगलबार भने बजार पुनः २९०० विन्दु भन्दा माथि पुगेको छ । मंगलबार बजार ७९.४४ अंकले बढेर २९१३.८४ विन्दुमा बन्द भएको छ ।
 
सूचीकृत अधिकांश कम्पनीको सेयर भाउ बढेको छ । मंगलबार नेप्सेमा सूचीकृत ३३ कम्पनीको भाउ ९% भन्दा धेरैले बढेको छ । ३३ मध्ये ५ कम्पनीको भाउ १०% ले वृद्धि भएको छ । मंगलबार ९% भन्दा माथि सेयर भाउ बढ्ने कम्पनीमध्ये १४ वटा धितोपत्र बोर्डको जोखिमयुक्त सूचीमा परेका कम्पनीहरु पनि देखिएका छन् । बोर्डले यिनै कम्पनीहरुको सूची सार्वजनिक गर्दा बजार घटेको थियो । बजार पुनः सुधार हुँदा जोखिमयुक्त भनिएका कम्पनीहरुको भाउमै उच्च वृद्धि देखिएको छ । 
 
धितोपत्र बोर्डले जोखिमयुक्त भनेको जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर भाउ १०% ले बढेको छ । यसबाहेक अन्य जोखिमयुक्त सूचीमा रहेका अन्य १३ कम्पनीको भाउ पनि ९% भन्दा धेरै बढेको छ । जसमा वरुण हाइड्रोपावर, राधी विद्युत, युनियन हाइड्रोपावर, लिबर्टी इनर्जी र दिव्यश्वरी हाइड्रोपावर रहेका छन् । यसका साथै समृद्धि फाइनान्स, हिमालयन उर्जा, सिनर्जी पावर, छ्याङ्दी, आँखुखोला जलविद्युत, माउन्टेन र नेसनल हाइड्रोपावरको भाउ पनि ९% भन्दा धेरै वृद्धि भएको छ । 


Post Your Comment