Market Closed

बैंकहरुले चार दिनमा कति प्रवाह गरे कर्जा ?

22 Jun,2021
  • MBA_img_4_23_2020_3_12_21.jpg
नेपाली पैसा

काठमाडौं : असार लागेदेखि वाणिज्य बैंकमा निक्षेप संकलन वृद्धि हुन सकेको छैन । वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघकाअनुसार असारको ४ दिन बैंकमा निक्षेप संकलन भएको तथ्यांक आएको छैन । जेठ ३१ गतेसम्म ३९ खर्ब ९१ अर्ब रुपैयाँ रहेको निक्षेप संकलन असार ४ गतेसम्म आइपुग्दा पनि यति नै रहेको संघले बताएको छ । 

यता, ४ दिनमा वाणिज्य बैंकहरुले ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । असार ४ गतेसम्म आइपुग्दा बैंकहरुले ३६ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जेठ मसान्त (३१ गते) सम्म बैंकहरुले ३६ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

Post Your Comment