Market Closed

अष्ट्रेलियाको सिड्नीमा १४ दिने लक डाउन

27 Jun,2021
  • Sydney-COVID-19_6_27_2021_12_37_10.jpg
 
क्यानबेरा : अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लक डाउन सुरु भएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङ लगायतका क्षेत्रमा लक डाउन लागू गरिएको अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको डेल्ट भेरियन्टको महामारी थप फैलिने खतरा रहेकाले लक डाउन गर्नुपरेको अधिकारीहरुको भनाइ छ ।

अहिले घोषणा गरिएको लक डाउन अघिल्ला पटकभन्दा कडा गरिने पनि सरकारी अधिकारीहरुले बताएका छन् । त्यसैगरी, न्यू साउथ वालेस (एनएसडब्लु) मा पनि ५ जना भन्दा बढी हिँड्न नपाउने व्यवस्थासहित निषेधाज्ञा लागू गरिएको छ । मास्क अनिवार्य लगाउनुपर्ने र सामाजिक दूरी अनिवार्य कायम हुनुपर्ने व्यवस्था गरिएको छ । शनिबार बिहान ६ बजेदेखि सुरु भएको लक डाउन आगामी जुलाई ९ तारिखको मध्यरातसम्म कायम रहनेछ ।
 
रासस–एएनआई 

Post Your Comment