Market Closed

काठमाडौंमा चल्न थाले सबै सार्वजनिक गाडी

06 Jul,2021
  • 7_pRpwew047h_7_6_2021_9_54_44.jpg
नेपाली पैसा 

काठमाडौं  : काठमाडौं उपत्यकामा आज (असार २२ गते) देखि सबैखाले सार्वजनिक गाडी चल्न थालेका छन् । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले जोर बिजोर प्रणाली हटाउँदै सबै प्रकारका गाडी सञ्चालन गर्न पाइने निर्णय गरेपछि आजदेखि सडकमा गाडीको चाप बढेको छ ।

गाडीमा सिट क्षमताभन्दा धेरै यात्रु राख्न नपाइने नियम भने लगाइएको छ । यस्तै, यात्रुले अनिवार्यरुपमा मास्क लगाउनु पर्नेछ । चालक र सहचालकलाई अनिवार्यरुपमा भाइजर र पञ्जा लगाउनुपर्ने व्यवस्था गरिएको छ । 
 

Post Your Comment