नेपाली पैसा
काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज आज चीन जाँदैछ । चीनबाट नेपालले कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ खरीद गरेको छ । त्यसलाई ल्याउन निगमको बाइडबडी ए–३३० जहाज बेइजिङ जान लागेको हो । निगमको जहाजले तीन चरणमा खोप ल्याउन लागेको हो ।
आज पहिलो खेपका लागि जान लागेको जहाज भोलि फर्किनेछ । त्यस्तै, दोस्रो खेपका लागि असार ३१ गते र तेस्रो खेपका लागि साउन ७ गते निगमको जहाज चीन जानेछ । खोप नेपाल आइसकेपछि ६० वर्ष मुनि उमेर समूहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ ।