Market Closed

२४ घण्टामा थपिए १८ सय ३१ जना संक्रमित, काठमाडौं उपत्यकामा कति ?

11 Jul,2021
  • shutterstock_1642065145_6_16_2021_5_07_19_6_23_2021_5_32_01_7_11_2021_5_27_28.jpg
नेपाली पैसा 

काठमाडौं  : नेपालमा थप १८ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार ५ हजार ५३५ जनाको पिसिआर र ३ हजार ६८३ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । 
 
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३९१ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा २६३, ललितपुरमा ९७ र भक्तपुरमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, एकैदिन २० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । १५ सय ३३ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।  
 

Post Your Comment