Market Closed

प्रि ओपन सेयनमा ९.०७ अंकले बढ्यो नेप्से

18 Jul,2021
  • nepse_bulidng1_7_15_2021_1_27_47.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक ९.०७ अंकले बढेको छ । प्रि ओपन सेसनको कारोबारमा आइतबार नेप्से सूचक २८९२.४७ विन्दुमा आइपुगेको छ । १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५० कम्पनीको १६ हजार ५६३ कित्ता सेयर कारोबार भएको छ । ४१ कम्पनीको भाउ बढेको छ भने ४ वटाको घटेको छ । यस्तै, ५ कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 
 
नेप्सेले आइतबारदेखि प्रि ओपन सेसनमा मूल्य परिवर्तन सीमा घटाएर अधिकतम २% मा सीमित गरेको छ । यसअघि ५% रहेको मूल्य परिवर्तन सीमा घटाएर नेप्सेले २% मा झारेको हो । साथै, आइतबारदेखि दोस्रो बजार कारोबारमा १ रुपैयाँ रहेको न्यूनतम मूल्य परिवर्तन सीमा घटाएर १० पैसा बनाएको छ । आजदेखि लगानीकर्ताले न्यूनतम १० पैसा वा १० पैसाले भाग जाने मूल्यमा खरिदबिक्री आदेश दिन सक्नेछन् । 

Post Your Comment