नेपाली पैसा
काठमाडौं : आइतबार सुन–चाँदीको भाउ घटेको छ । जसमा सुनको भाउ प्रतितोला ६०० रुपैयाँ र चाँदी २५ रुपैयाँले घटेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ९३ हजार २०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । यस्तै, चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय २० रुपैयाँ कायम रहेको थियो ।