Market Closed

सेयर बजारमा आकर्षक सुधार, खरिदबिक्री रकमले पनि साथ दिँदै

18 Jul,2021
  • nepse_bulidng1_7_15_2021_1_27_47.jpg
नेपाली पैसा 
 
काठमाडौं : नयाँ आर्थिक वर्षको पहिलो कारोबारमा सेयर बजारमा आकर्षक चमक देखिएको छ । नेप्से सूचकमा आकर्षक वृद्धि भएको छ । यस्तै, सूचकको वृद्धिलाई सेयर कारोबार रकमले पनि राम्रो साथ दिएको छ । आइतबार दिउँसो १ः३० बजेसम्म नेप्से सूचक ८०.५९ अंकले बढेर २९६३.९९ विन्दुमा पुगेको छ । समग्रमा बजार २.७९% ले बढिसकेको छ । यस्तै, ७ अर्ब ३७ करोड रुपैयाँ भन्दा धेरैको सेयर खरिदबिक्री भएको छ । 
 
नयाँ आर्थिक वर्ष सुरु भएसँगै सूचीकृत कम्पनीको वित्तीय विवरण सार्वजनिक हुन थालेको छ । कम्पनीहरुले वर्षभरीको कमाई सार्वजनिक गर्न सुरु गरेका छन् । आइतबार मात्र कामना सेवा विकास बैंकले आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस्तै, अन्य सूचीकृत कम्पनीको विवरण पनि राम्रो आउने लगानीकर्ताले आशा गरेका छन् । 
 
यता, अब केही समयदेखि नै सूचीकृत कम्पनीहरुले लाभांश पनि घोषणा गर्न सुरु गर्नेछन् । जसका कारण सेयर बजारमा थप चहलपहल बढ्ने देखिन्छ । अहिले सेयर खरिद गर्नेले छोटो समयमै लाभांश हात पार्नसक्ने भएकाले बजार थप सुधार हुनसक्ने अनुमान गर्न सकिन्छ ।

Post Your Comment