नेपाली पैसा
काठमाडौं : नेपालमा थप २९ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार शुक्रबार १३ हजार ६९८ जनाको पिसिआर र ३ हजार ६१० जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ, जसमध्ये ६ लाख ३९ हजार ३६८ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयका कोरोना संक्रमणबाट पछिल्लो एक दिनमा १८ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । १६ सय ७८ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।