Market Closed

देशभर थप २५ सय २५ जनामा संक्रमण पुष्टि, काठमाडौंमा कति ?

24 Aug,2021
  • corona_8_24_2021_6_21_27.jpg
नेपाली पैसा 

काठमाडौं  : नेपालमा थप २५ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार मंगलबार ९ हजार ९०९ जनाको पिसिआर र ४ हजार ९०१ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । 
 
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ६८९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ५१८, ललितपुरमा ११९ र भक्तपुरमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, एकैदिन ३५ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । २ हजार ८६ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।  
 

Post Your Comment