नेपाली पैसा
काठमाडौं : नेपालमा थप २४ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार बिहीबार ९ हजार ७०२ जनाको पिसिआर र ४ हजार ६७२ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५४ हजार ९१५ पुगेको छ ।
जसमध्ये मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ भने ७ लाख ५ हजार ८९३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट २६ जनाले ज्यान गुमाएका छन् । यस्तै, १९ सय २९ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।