Market Closed

देशभर २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं कति ?

02 Sep,2021
  • download_9_2_2021_1_19_34_9_2_2021_5_37_37.jpg
नेपाली पैसा 

काठमाडौं  : नेपालमा थप २ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार बिहीबार १० हजार ६५८ जनाको पिसिआर र ३ हजार ९९२ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ७९३ जनामा संक्रमण पुष्टि भएको छ । 
 
जसमा काठमाडौंमा ५४१, ललितपुरमा १५२ र भक्तपुरमा १०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, एकैदिन १६ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । १८ सय ४६ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।  
 

Post Your Comment