नेपाली पैसा
काठमाडौं : सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आउँदैछ । सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप यसअघिनै आइसकेको छ । बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज बिहीबार बेइजिङ गएको थियो ।
सोही खोप लिएर जहाज नेपाल फर्कदैछ । चीनसँग खरिद गरिएको उक्त खोप केही दिनमा लगाउन शुरु गरिनेछ । नेपालमा अहिलेसम्म १ करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म थप १ करोड डोज खोप ल्याउने तयारी गरेको गरेको छ ।